You are viewing the translated version of सुक्ष्म कोरा तथ्याङ्क वितरण सम्बन्धी व्यवस्था.
Section 16
सुक्ष्म कोरा तथ्याङ्क वितरण सम्बन्धी व्यवस्था
(१) ऐनको दफा १२ को उपदफा (४) को खण्ड (ख) र (ग) बमोजिम तथ्याङ्क उत्पादनकर्ताले सूक्ष्म कोरा तथ्याङ्क उपलव्ध गराउँदा देहायका शर्त पालना गर्ने गरी उपलब्ध गराउनु पर्नेछ:-
(क) सूक्ष्म कोरा तथ्याङ्क तवथ्याङ्कीय प्रयोजन वा अनुसन्धानका लागि मात्र प्रयोग गर्नुपर्ने,
(ख) कुनै निश्चित व्यक्ति वा संस्थाको पहिचान, अध्ययन, जाँच वा छानबिनको लागि त्यस्तो तथ्याङ्क प्रयोग गर्न नहुने,
(ग) सूक्ष्म कोरा तथ्याङ्क माग गर्ने संस्था वा व्यक्तिले जुन प्रयोजनका लागि तथ्याङ्क माग ८ गरेको हो सोही प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने,
(घ) आफूले प्राप्त गरेको सृक्ष्म कोरा तथ्याङ्क अरू संस्था वा व्यक्तिलाई प्रयोग गर्न दिनु नहुने,
(ङ) सूक्ष्म कोरा दथ्याङ्क प्राप्तकर्ताले उत्तरदाताको पुनपहिचानको प्रयास गर्न नहुने र संयोगवश पहिचान भएको खण्डमा सो व्यक्ति वा तथ्याङ्डीय एकाइको विवरण खुलाउन, सार्वजनिक गर्न वा अन्य कुनै उद्देश्यको लागि प्रयोग गर्न गराउन नहुने,
(च) सूक्ष्म कोरा तथ्याङ्क प्रयोग गरी तयार पारिएका कुनै पुस्तक, लेख, कार्यपत्र, शोधपत्र, प्रतिवेदन वा अन्य प्रकाशनमा डाटासेटमा उल्लेख भएअनुसारको स्रोत उल्लेख हुनुपर्ने,
(छ) उपलब्ध गराइएको तथ्याङ्क प्रयोग गरी तयार पारिएका सबै _प्रकाशन सम्बन्धित तथ्याङ्क उत्पादनकर्तालाई उपलब्ध गराउनुपर्ने,
(ज) उपलब्ध गराइएको: तथ्याङ्कको आधारमा प्रयोगकर्ताले गर्ने विश्लेषण वा सोको व्याख्या वा अनुमानको जिम्मेवारी . सम्बन्धित दयथ्याङ्क उत्पादनकर्ताले वहन नगर्ने,
(झ) नमुना आकार (स्याम्पल साइज) ले प्रतिनिधित्व नगर्ने गरी सूक्ष्म कोरा तथ्याड्रको विश्लेषण गर्न नहुने,
(ज) तथ्याङ्क उत्पादनकर्ताले सूक्ष्म कोरा तथ्याङ्क प्रयोग गरी प्रकाशन गरिसकेका सूचक वा तथ्याङ्कभन्दा फरक हुने गरी सोही सूचक वा तथ्याङ्क प्रकाशन गर्न नहुने।
(२) तथ्याङ्क उत्पादनकर्ताले गणना तथा सर्वेक्षणको अन्तिम नतिजा सार्वजनिक भएपछि मात्र यो नियमबमोजिम सूक्ष्म कोरा तथ्याङ्क उपलब्ध गराउन सक्नेछ।
(३) यस नियमबमोजिम सूक्ष्म कोरा तथ्याङ्क उपलब्ध गराएको विवरण सम्बन्धित तथ्याङ्क उत्पादनकर्ताले अभिलेख गरी राख्नु पर्नेछ।
(४) ऐनको दफा १२ को उपदफा (६) तथा यस नियमको प्रयोजनको लागि अनुसूची-२ मा उल्लिखित सूक्ष्म कोरा तथ्याङ्क उपलब्ध गराउँदा कार्यालयले सोही अनुसूची बमोजिमको दस्तुर लिई उपलब्ध गराउनु पर्नेछ।